Websoft University

९ संक्रमित थपिए, ७ जना डिस्चार्ज


विराटनगर, २३ असार । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । मंगलबार ९ जना संक्रमित थपिएका छन् ।

मोरंगमा ६, सुनसरीमा २ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बा¥हदशीमा एक पुरुष रहेका छन । 

प्रदेश १ बाट मंगलबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ पुरुष र ३ महिला डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिनुभयो । 

उहाँका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गते सम्म भर्ना भएकाहरु रहेको उरावले बताउनुभयो । 

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.