बिराटनगर असार २४ गते । रातो तारा डट कम,मोरङ बिराटनगर म.न.पा.१६ स्थित भट्टिमोड नजिकै भारत बाट नेपाल तर्फ अबैध रूपमा भन्सार छलि दुईवटा साईकलमा ल्याउदै गरेको फेन्सी कपडा अन्दाजी ४४ हजार बराबरको सामान ईप्रका रानी बाट खटीएको प्रहरी टोलिले जिल्ला मोरङ बिराटनगर म.न.पा.-१५ बस्ने बर्ष २५ को मुन्ना मण्डल र ऐ.ऐ. बस्ने बर्ष २८ को मो.सोरहा सहित दुई वटै साइकल, सामान समेत बरामद गरी ईप्रका रानी ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको ।
२) मिति २०७७।०३।२४ गते अं. ०८:३० बजे जिल्ला मोरङ बिराटनगर म.न.पा.-१६ दरैया स्थितमा भारत बाट नेपाल तर्फ अबैध रूपमा भन्सार छलि पैदल ल्याउदै गरेको कपडा तथा किराना मालसामान गरी अन्दाजी २२ हजार बराबरको सामान ल्याउदै गर्दा ईप्रका रानीबाट खटीएको प्रहरी टोलिले उक्त सामानहरु बरामद गरी ईप्रका रानी ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको ।
३) मिति २०७७/०३/२४ गते अन्दाजी ०६:३० बजे जिल्ला मोरङ जहदा गा.पा.-२ जयरामकोट स्थितमा प्रचौ मझारेबाट खटिएको प्रसनिको टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ को २७ प ४७७४ न.को मो.सा.मा बोकी ल्याउदै गरेको २ वटा ३२ ईन्चको स्मार्ट LED TV र मो.सा.चालक जिल्ला मोरङ धनपालथान गा.पा.-२ खयरबना बस्ने बर्ष २६ को सचिन मण्डल र मो.सा.पछाडी सवार जिल्ला मोरङ जहदा गा.पा.-७ महादेव पुल बस्ने बर्ष ४० को प्रशान्त मण्डल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको ।
Post a Comment