मोरङ बेलबारी साउन ९ गते । रातो तारा डट कम, बेलबारी नगरपालिका वडा नम्बर ६ को धैति खोलामा बनेको पक्की पुलको उद्घाटन गरीएको छ ।नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमका विच उक्त पुलको उद्घाटन गर्नु भएको हो ।
६ नम्बर वडाको ५ लाख नगरपालिकाको ८ लाख लागतमा उक्त पुलको निर्माण गरीएको थियो । पक्की पुल निर्माण भएपछि बासको अस्थाई पुल बाट आवत जावत गर्नु पर्ने बाध्यता हटेको छ । पुल निर्माण भएसँगै वडा नम्बर ७ हुदै बिराटनगर सम्म जानका लागि सहज भएको वडा अध्यक्ष उदय बहादुर राई (राजु)ले बताउनु भयो ।
पुल निर्माण भएसगै स्थानिय बासिन्दा समेत खुसि भएका छन । स्थानिय वासिन्दाले नगर प्रमुख सुवेदीलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
Post a Comment