Websoft University

उदयपुरको नेपालटार बाट प्रहरीले मध्य राती तिन ट्रक काठ नियन्त्रणमा लियो।


गाइघाट २५ असार । रातो तारा डट कम,अवैध लकडी भएको भन्दै उदयपुरको नेपालटार बाट प्रहरीले बुधबार मध्य राती तिन ट्रक काठ नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरिक्षक बिजय श्रेष्ठ को नेतृत्वमा गएको टोली ले राती १२ वजे लोड गरेर राखेको ट्रक सहित को काठ पका्रउ गरेको हो। स्थानीय प्रगतिशिल र विश्व कन्चन सामुदायिक बन उपभोक्ता समुहले विक्रि गरेको झन्डै  १ हजार ३ सय ८४ फिट काठ ठेकेदार ले सुनसरी लान खोजेको थियो । 

बन कार्यालय बाट सबै कानुनी प्रकृया पुरा गरी लकडीमा सिल गर्न मात्र बाकि रहेको रेन्जर गिरिराज पोखरेलले बताए । (राती भएकोले हामीले सील नगरी भोली मात्र गर्ने तयारीमा थिया)ै । उनले भने । तर प्रहरीले अवैध भन्दै सबै सुतेको वेला आफनै ड्राइभर ल्याएर काठ सहित को ट्रक नियन्त्रणमा लिएको उनले बताए । 

उनले प्रहरीले केही नवुझीकनै लकडी कब्जा गरेको बताए । सबै कानुनी प्रकृया पुरा गरेको कागजात देखाए पछी प्रहरीले डिभिजन बन कार्यालय कटारी र सम्वन्धित काठ ब्याबसायि लाई आफुले नियन्त्रणमा लिएको ट्रक सहितको काठ वुझाउन खोजेको थियो । 

तर उनीहरुले आफुहरुले उक्त लकडी कुनै पनि हालतमा नवुझने अडान लिएपछी प्रहरीले दिउसो अवेर काठ सहितको ट्रक स्कटीङग गरेर नेपालटार लगेको छ । प्रहरीले बिना कारण हामी लाई दुःख दिने काम गरेर छ । 

रेन्जर पोखरेल ले भने । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम दहाल ले उक्त काठ अवैध रहेको जानकारी आएपछी नियन्त्रणमा लिएको बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.