Websoft University

खोलामा डुवेर मानिसको मृत्यु


मोहन कुमार राई -अस २३ गते । रातो तारा डट कम,संखुवासभाको खाँदबारी नगरपालिका ८ का एक युवाको खोलामा डुबेर मृत्यू भएको छ । डुबेर मृत्यू हुनेमा वर्ष १७ का युवराज कटुवाल रहेका प्रहरीले जनाएको छ ।

खाँदवारी २ स्थित अरुण नदि र बेतेनी खोला दोभानमा जमेको पानीमा साथीहरु संग पौडी खेल्न उनि गएका थिए । पौडी खेल्ने क्रममा खोलाको दहमा उनि आईतवार दिउसो डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी सन्तोष कुमार राईले बताउनु भयो ।

उनिलाई मृत अवस्थामा स्थानियवासीले पानीबाट बाहिर निकालेका थिए । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ । मृतक कटुवाल डुबेकै उक्त खोलाको दहमा यस अघि ४ जनाको मृत्यू भई सकेको स्थानियवासीले बताएका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.