Websoft University

जम्बुमा ठाडो खोलाले १५ घर बग्यो–१८ जना बेपत्ता, २ जनाको शव भेटियो



काठमाण्डौ असार २५ गते । रातो तारा डट कम,अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । १८ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बुको ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा १५ घर बगाएको हो । दुई जनाको शव भेटिएको र १८ जना सम्पर्क बिहिन भएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । 

२० वर्षका निकेश बस्नेत र उहाँका ३ वर्षीया छोरीको शव भेटिएको स्थानीयले बताएका छन् । अन्यको खोजी भइरहेको छ । खोजीका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन् । गए रातिदेखिको अबिरल बर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । उद्दारका लागि निस्किएको नेपाली सेना र प्रहरी जबमुसम्म पुग्न सक्ने अवस्था नभएकोले उद्दारको काम समयमै हुन नसकिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । 

‘केही मानिसहरू हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ’ – ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो । बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनका अनुसार बाह्रबिसेको खोर्सानीबारी भन्दा माथितिर जान सकिरहेको छैन । टेलिफोन अवरुद्ध भएको पनि पाख्रिनले बताउनुभयो । 

भोटेकोसी नदिको बहाव बढेकाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ । यसैबीच, अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.