Websoft University

नेकपाका दुइ अध्यक्ष बिच छलफल भए पनि भोलि स्थायी कमिटि बैठक बस्ने


काठमाण्डौ असार २१ गते । रातो तारा डट कम,नेकपाभित्र जारी विवाद मिलाउनका लागि दुई अध्यक्षबीच आज पनि औपचारिक तथा अनौपचारिक छलफल हुने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएपछि त्यसैका आधारमा भोलि स्थायी कमिटि बैठक बस्ने नेता देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । अध्यक्ष प्रचण्डले आज अर्का अध्यक्ष ओलीसँग छलफलको तयारी भइरहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज मध्यान्ह्पछि दुवै अध्यक्ष छलफलमा बस्ने तयारी भइरहेको सीआईएनसँग बताउनुभयो । अध्यक्ष ओली र प्रचण्डबीच हिजो छलफलको तयारी भए पनि हुन सकेन । साँझ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बोलाएर आफू र राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध षड्यन्त्र भइरहेको र उपयुक्त बाटो रोज्नुपर्ने अवस्था अवस्था आउनसक्ने बताएपछि नेकपाभित्र नेताहरूका बीचमा अविश्वास बढेको छ । सीआईएनसँग कुराकानी गर्दै प्रचण्ड निकट नेता हरिबोल गजुरेलले राष्ट्रपतिविद्ध महाअभियोग लगाउने अध्यक्ष प्रचण्डको कुनै मनशाय नरहेको बताउनुभयो । सीआईएन

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.