Websoft University

लायन्सद्धारा २ हजार ६ सय भिटिएम हस्तान्तरण


विराटनगर, ३१ असार । रातो तारा डट कम, लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ ।

शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवस्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आज लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्री, पुर्व गर्भनरहरु भीम घिमिरे, लीला ढुंगेल, लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका फस्ट भाईस डिष्ट्रिक गभर्नर रेवत कार्की लगायतले भिटिएम किट हस्तान्तरण गर्नुभयोे ।

लायन्स क्लवले कोशी अस्पताल विराटनगरलाई १ हजार ४ सय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १ हजार ४ सय भिटिएम किट हस्तान्तर गर्ने जनाएको छ । प्रदेश १ मा १० हजार डलर बरावरको किट हस्तान्तरण हुने लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका निवर्तमान गर्भनर राजन खत्रीले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति लिएर लायन्सले भिटिएम वितरण गरिरहेको उहाँले बताउनुभयो ।

किट ग्रहण गर्दै मन्त्री घिमिरेले मानवजाति कोरोनाको प्रकोपबाट प्रताडित भएको बताउनुभयो । कोरोनालाई मानवजातिले पराजित गर्ने निश्चित भएपनि केही समय लाग्ने उहाँले बताउनुभयो । भिटिएम किट उपलब्ध गराएकोमा लायन्स क्लवलाई उहाँले धन्यबाद दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.