Websoft University

आज दर खाने दिन ? कोरोना भाइरसका कारण सबै ठाउमा सुनसान छ–गएका वर्षहरुमा आजको दिन पुरै शहरमा चहलपहल हुने गथ्र्यो



फायल फोटो,
काठमाण्डौ भाद्र ४ गते । रातो तारा डट कम,महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदैछ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्नेगरिन्छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।

कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण तर यस वर्ष सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा दर खाने दिन विहानदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिदैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.