शिव भट्टराई, मोरङ । रातो तारा डट कम,सामाजिक विषय बस्तुमा आधारीत कोरिना सम्बन्धि चेतनामुलक नेपाली लधु चलचित्र कहर प्रदर्सनको तयारीमा रहेको छ।निसान फोटो स्टुडियो ,बराहक्षेत्रको ब्यानरमा तयार भएको चलचित्र को बराहक्षेत्र का विभिन्न स्थानमा छायांकन गरिएको निर्माण ब्यवस्थापक आदेस गौतमले जानकारी दिनु भएको छ।प्रबिण खडका द्वारा लेखन गरिएको सो चलचित्र को छायांकन तथा सम्पादन राजन घीमीरे तथा निर्देशन देवानसीह राइले गर्नुभएको छ। लघु चलचित्र मनोज बिस्ट, आदेस गौतम,छबिना मगर,आयुस प्रधान,आसीका कार्की,दीवान राइ, प्रबिण खडका,राजदीप खडका आदीको मुख्य भुमिका रहेको छ। गाउघरका युवा वैदेशिक पलायन हुनुपरेको, बिदेसीए पछी घर परीवार मा परेको समस्या अनि कोरोना को कारण एउटा परीवारमा भएको परेको घटना चलचीत्र मा प्रस्ट सङ्ग बुझाउने प्रयास गरिएको छ। सम्पादनको अन्तिम चरण मा पुगेको सो लघु चलचित्र बराह भीजन यु टुब च्यानल बाट हेर्न सकिने निर्माण टीमले जानकारी दीएका छ्न।
Post a Comment