बिराटनगर भाद्र १ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नपा-४ गोकुलम स्थित अबैध रुपमा बालुवा लोड गरी लैजाँदै गरेको को १ ख ५२२६ नम्बरको ट्रिफर उक्त ट्रिफरको चालक जिल्ला धनकुटा सागुरीगढी गाउपालिका १ बस्ने बर्ष ४० को योगेन्द्र लिम्बु र को २ त ५५३५ नम्बरको ट्रयाक्टर तथा उक्त ट्रयाक्टरको चालक जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३७ को दिनेश मगरलाई ईप्रका बेलबारीबाट खटि गएको प्रहरी टोलीले फेला पारी चालक सहित नियन्त्रणमा लिई प्रचौ गछियामा ल्याई आवश्यक कारवाहीको लागि सुन्दरहरैचा नगरपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको ।
त्यासैगरी मोरङ केराबारी गापा-८ स्थितमा रहेको खदम खोलामा प्रदेश नं.१-०२-००३ त ०४३६ नं.को ट्रयाक्टरमा अवैध रुपमा ढुङगा लोड गर्दै गरेको अवस्थामा ईप्रका केराबारीबाट प्रनानिको कमाण्डमा खटिएको गस्ति टोलीले उक्त ट्रयाक्टर नियन्त्रणमा लिई ईप्रका केराबारीमा ल्याई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको ।
Post a Comment