काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम,कृषि तथा पशुपन्छि विकास मन्त्रालयले अबको एक हप्तामा नेपालमा रासायनिक मल भित्रिने जनाएको छ । मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आयात हुने ३२ हजार १९० मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको स्पष्ट पारेको हो ।
त्यसपछि लगत्तै कृषि सामग्री कम्पनी मार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सिआईएनसँग कुरा गर्दे साउन मसान्तभित्र मल ल्याईसकिने जानकारी दिनु भएको थियो ।
यसरी अब क्रमसः मलको आयात, आपुर्ति र वितरण सहज हुने पनि मन्त्रालयको विश्वास छ । धान रोपाइँ गरे लगत्तै आवश्यक पर्ने युरिया, डीएपी लगायतका रासायनिक मल अभाव हुँदा किसानहररु चिन्तित बनेकाछन् ।
Post a Comment