बिराटनगर साउन २२गते । रातो तारा डट कम,मोरङ धनपालथान गाउँपालिका-२ पौठा स्थितमा नेपाल बाट भारत तर्फ अबैध रुपमा चोरी निकासी गरी को. १ ख ४८८७ नम्बरको मिनी ट्रकमा ६२५० के.जी. अ.मु.रू.५,००,०००/- (पाँच लाख) बराबरको हरीयो मटर लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा सिप्रचौ मायागंजबाट प्रनानिको कमाण्डमा प्रहरी टोली पुग्न साथ उक्त हरीयो मटर सहितको मिनी ट्रक छाडी चालक फरार भएको, चालकको खोत कार्य जारी रहेको साथै उक्त स्थानमा ईप्रका रंगेली समेतबाट प्रनिको कमाण्डमा प्रहरी टोली खटी गई बरामद भएको हरीयो मटर सहितको ट्रक ईप्रका रंगेली तर्फ ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने पहल भई रहेको । उक्त हरियो मटर धनपालथान गाउँपालिका वडा नं. २ बस्ने दिलिप साहको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको निज समेत फरार रहेकोले खोजतलास कार्य जारी रहेको ।
Post a Comment