शिव भट्टराई,मोरङ । रातो तारा डट कम,नेपाली जनचेतनामुलक छोटो चलचित्र मास्कको छायाङ्कन सकिए सँगै आज युट्युवमा सार्वजनिक भएको छ।ठूलो टिभि युट्युब च्यानल बाट सार्वजनिक भएको यस छोटो चलचित्र ‘मास्क‘ को सुनसरीका विभिन्न स्थानमा छायांकन भएको छ।
स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, मिलन ढकाल, भावना भट्टराई, सागर अधिकारी ,प्रशान्त घिमिरे, सुरज तिम्सिना ,ऋतु राई, बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्। उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन,घृणा जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् ।
यस जनचेतनामुलक छोटो चलचित्र
‘ मास्क ' मा अहिले विश्व कोरोना भाइरसको कारणले आक्रान्त भइरहेको समयमा मास्कको महत्वको विषयमा चित्रण गरिऐको भट्टराईले बताएका छन्। यस चलचित्रका निर्माता सुमन भट्टराई रहेका छन् त्यसैगरी यस चलचित्रको छायांकन साथै सम्पादन विजय राईले गरेका छन्।
Post a Comment