शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ बस्ने अन्दाजी ३५ बर्षीया कुमार उराउको सिमेन्ट बोक्ने क्रममा लडेर मृत्यु भएको छ । आज दिउँसो अन्दाजी साढे ३ बजे रविन नेमाङको हार्डवेयरमा सिमेन्ट बोक्ने क्रममा लडेर मजदुरको घटना स्थलमै मृत्यु भएको र मृतक उराउलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यलय बेलबारीले रातोतारा डटकमलाई जनाएको छ।
Post a Comment