गाईघाट १६ भदौ । रातो तारा डट कम,सप्तकोशीमा वेपत्ता युवक को अझै शव भेटिएको छैन । उदयपुरको वेलका नगरपालीका ९ का २१ वर्षिय श्रीओम कुमार राई सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साझ ५ वजे वेपत्ता भएका थिए । उदयपुर र सुनसरी जिल्ला को सिमा स्थीत सप्तकोशीको पुर्वि भङगालो मा अर्का एक जना साथी संगै गएका राई पौडी खेल्दै गर्दा वेपत्ता भएको वेलका नगरपालीका कर्मचारी गोपाल निरौलाले बताए । राई को खोजीमा नगरपालीका को समन्वयमा स्थानीय वासीन्दा लाई परिचालन गरी खोजी कार्य भैरहेको उनले बताए ।
Post a Comment