Websoft University

निषेधाज्ञा खुकुलो पार्ने बारे छलफल हुदै,


 काठमाण्डौ भदौं २४ गते । रातो तारा डट कम,काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । 

निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिए पनि यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् । हिजो काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ । 

तीनवटै जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुले हिजो गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका छन् । छलफलमा गृहसचिव र प्रमूख जिल्ला अधिकारीहरुबीच जनस्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने बारे कुराकानी भएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.