Websoft University

लमही–घोराही सडकखण्ड भत्कियो, एकतर्फीमात्रै सवारी सञ्चालन हुदै,


काठमाण्डौ भाद्र २८ गते । रातो तारा डट कम, दाङको लमही–घोराही सडकखण्ड भत्किएको छ । सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको छ । लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । 

पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेकोे छ । दुर्घटनाको जोखिम रहेकाले भासिएको ठाउँमा एकतर्फी सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको र सडक मर्मतको काम पनि भइरहेको प्रहरीको भनाइ छ । 

घोराही क्षेत्रमा सिमेन्ट कारखाना भएका र ती कारखानाका लागि आवश्यक ठूला टिपर र मालवाहक ट्रक नियमित सञ्चालन हुँदा सडक जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.