गाईघाट २३ भदौ । रातो तारा डट कम,सरकारले ओसार पसारमा रोक लगाए पछि उदयपुरमा झण्डै ५० करोड मुल्य बराबर को काठ अलपत्र परेको छ । बन क्षेत्रको दुरुपयोग भएको भन्दै सबै काम कारवाही तत्काल रोक्ने निर्णय जेष्ठ १५ गतेको मन्त्रीपरिषद बाट भए पछि जिल्ला स्थीत बिभिन्न सामुदायिक बन मा झण्डै १२ हजार सेफटी काठ अलपत्र परेको हो ।
कुकाठ बाहेक अन्य सबै जातका काठ ओसार पसारमा रोक लागेको जिल्ला बन अधिकृत अम्बीका पौडेल ले बताए । बन कार्यालय बाट कटान आदेश लिएर काठ काटी सकेपछी बाहीर बिकी्र गर्ने बेलामा सरकारले ओसार पसारमा रोक लगाएको बिकास फाटका सहायक बन अधिकृत जागेश्वर साह ले बताए ।उनले उदयपुर बाट बार्षिक १ लाख क्युफिट लकडी निर्यात हुने गरेको बताए ।
ओसार पसारमा रोक लागेपछी अहिले जंगलमा रहेको लकडी चोरी हुने र बिग्रन थालेको सामुदायिक बनका पदाधिकारीहरु बताउछन । “६, ७ महिना देखी ठुलो परिमाणमा काठहरु जंगल क्षेत्रमै अलपत्र परेको छ” । काठ ब्याबसायि नारायण कार्की ले भने । जंगल क्षेत्रमा काठ बेबारीसे बन्दा चोरी हुने र बिग्रन थालेको छ । उनले भने । ब्याबसायि ले लगानी गरेको करोडौ रुपैया डुब्ने अबस्था भएको छ ।
जंगलमा हानी नोक्सानी को बहानामा सरकारले काठ ओसार पसारमा रोक लगाउन नहुने उनले बताए । “कतै ,कतै केही कमजोरी भयो होला तर सबै लाई एउटै कसीमा राखेर मापन गर्नु न्यायचीत हुदैन”। उनले भने । ब्याबसायी लाई मार्का पर्ने गरी गरीएको यस्तो निर्णय तत्काल फुकुवा गरीनु पर्छ । उनले भने । बन पैदाबार महासंघ उदयपुरका अधक्ष्य कुशल बावु बस्नेत ले ठुला ब्यापारीको चेलखेल ले काठ ओसार पसार रोक लागेको बताए ।
“बिदेश बाट आयात बढाउन सरकारलाई प्रभाब पारी ब्यापारी को स्वार्थमा यस्तो निर्णय गरिएको हो” ।उनले भने । अहिले मुलुक भरी नै स्वदेशी काठ को अभाब भएको उनले भने । काठ ओसार पसारमा रोक लागेपछी बिदेश बाट निर्यात बढेको उनले बताए । बार्षिक ४० प्रतिशत बिदेश बाट काठ आयात हुदै आएको छ । बन कार्यालय को एक तथ्याङक अनुसार मुलुकमा बार्षिक ३५ करोड सेफटी काठ उत्पादन हुने गर्छ ।
Post a Comment