Websoft University

उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल गर्ने


काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । 

मन्त्रालयले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ । 

मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ । 

सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.