Websoft University

बेलबारीका सामुदायिक विद्यालयहरुमा एकलाख भन्दा बढी सेनेटरी प्याड वितरण गरिंदै।

 



शिव भट्टराई,- बेलबारी मोरङ । रातो तारा डट कम, बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निशूल्क रुपमा सेनेटरी प्याड वितरण गरिरहेको छ।कक्षा छ देखि कक्षा १२ सम्मका छात्राहरुलाई एक वर्षभरि प्रयोग गर्न पुग्ने गरि उक्त प्याड वितरण गरिएको शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतले बताइन्।

नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीको संयोजकत्वमा गठित नगर स्तरीय सेनेटरी प्याड वितरण समितिले आज सम्बन्धित विद्यालयका प्र अ,शिक्षकहरु र विद्यालयका फोकल पर्सन शिक्षकहरुलाई भेटेर उक्त सामग्री हस्तान्तरण गरेको छ।यस अभियानले विद्यार्थीहरुलाई उत्साहित बनाएको कबिर मा वि लालभित्तिकी शिक्षक हरिमाया निरौलाले बताईन्।

विद्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार एकजना छात्रा बराबर एक वर्षका लागि चौबीस प्याकेट प्याड विद्यालयलाई बुझाएका छौं ।माशिक स्रावका समयमा कतिपय छात्राहरुलाई तीनचार दिनसम्म निरन्तर पीडा  हुन्छ।एक त उनीहरु यस्तो समयमा आफ्ना कुराहरु खुलेर परिवार, समाज र शिक्षकहरुलाई राख्न सक्दैनन्।महिनावारी जस्तो संवेदनशील सयमा हुने असावधानी र अभावका कारण अहिले महिलाहरुमा विभिन्न संक्रमणहरु देखा परेका छ्न्।यसबाट बच्न समयमै सचेत हुन समेत यो कार्यक्रम सहयोगी सावित हुने छ।यस्तो बेला शारीरिक पीडाकै कारण कतिपय बालिकाहरु विद्यालय जान सक्दैनन् त्यसमा पनि स्वस्थ र सुरक्षित प्याडको व्यवस्था नहुंदा समस्या भोगिरहेका छात्रहरुलाई यस कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने र उनीहरुको शैक्षिक सुधारमा समेत सकारात्मक प्रभाव पर्ने हामीले महशुस गरेका छौँ(उपमेयर पराजुलीले भनिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.