Websoft University


काठमाण्डौं असोज १७ गते । रातो तारा डट कम, एक समय थियो जतिबेला रेडियो नेपालबाट <strong>नमुछे आमा दहिमा टिका</strong> गित बज्न थाल्यो भने चाडवाड आउँन लागेछ क्यार भन्ने थाहा हुन्थ्यो । बीच बीचमा बज्ने "दाइ मेरो काँ गयो गुरो धौली फुल्यो ओइलायो" भन्ने टुक्काले परदेशिएका दाजु भाईको मन कटक्क खान्थ्यो । 

रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित "नमुछे आमा दहिमा टिका" वरिष्ट गायक, संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुन: सार्वजानिक गर्नु भएको छ ।


स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ट संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित "नमुछे आमा दहिमा टिका" वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने निश्चित प्राय छ ।  
केहि हप्ता अघि मात्र सार्वजनिक भएको नारायण रायमाझीको अर्को गित <strong>उनको प्रिति</strong> यतिबेला ४० लाखको नजिक छ ।  कुनै बेला रेडियो नेपालमा एकक्षत्र राज जमाएका रायमाझीका गितहरु अहिले पनि उत्तिकै ताजगी छन । आउँने शुक्रबार "नमुछे आमा दहिमा टिका" को फाईनल भिडियो सार्वजनिक हुने पनि सुटिंग पक्षले नयाँबाटो लाई जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.