Websoft University

कोरोनाबाट प्रदेश १मा ८० जनाको ज्यान गयो



बिराटनगर । रातो तारा डट कम,  कोरोना संक्रमणका कारण प्रदेश १ मा ८० आजसम्म जनाको ज्यान गएको छ । सवै भन्दा बढी मोरङमा ३९ जना रहेकोे सामाजिक विकास मन्त्रालयको तथ्याङकमा उल्लेख रहेको छ । प्रदेश १ बाहिरको १५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आजसम्म मोरङसहित झापा, सुनसरी र ताप्लेजुङगरि चार जिल्लामा कोरोना संक्रमणबात मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सवैन्दा कम ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ । मोरङ पछि दोस्रोमा सुनसरीमा १७ जना र तेस्रोमा झापामा ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ को राजधानी विराटनगरमा अहिलेसम्म कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको विराटनगर महानगरपालिकाको तथ्याङकमा उल्लेख छ । शनिबारसम्म प्रदेश १ मा एकै दिन अहिले सम्मकै सवैभन्दा बढी उच्च २ सय ५५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा ७ हजार ४ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय २५ जना निको भएर घर फर्किइ सकेका छन् ।
प्रदेशकै सवै भन्दा धेरै संक्रमित मोरङमा ३ हजार ८ सय २४ जना पुष्टि भएकोमा १ हजार ७ सय ८५ जना निको भएर घर फकिएका छन् । मोरङ पछि सुनसरीमा २ हजार ७ जनामा कोरोना देखिएकोमा ८ सय ५९ जना निको भएका छन् । त्यस्तै तेस्रोमा भापामा ८ सय ९२ जनामा संक्रमित मध्ये ६ सय ४२ निको भएको मन्त्रालयको तथ्याङक रहेको छ ।
त्येसैगरि उदयपुरमा १ सय ३८ जनामा कोरोना देखिएकोमा १ सय १६ जना निको भएका छन् । इलाममा ९३ जनामा संक्रमित मध्यै ८६ जना निको भए । संखुवासभामा ८२ जनामा २५ जना निको भए । धनकुटामा ५० जना संक्रमित भएकोमा ४४ जना निको भएर घर फर्किएका छन् । तेह्रथुमा ३६ जनामा २६ जना निको भए , ओखलढुङ्गामा ३२ जनामा कोरोना देदिएको मा २२ जना निको भए, खोटाङमा ३० जनामा २२ जना निको भए , भोजपुर र पाँचथरमा ३१–३१ जना संक्रमित देखिएको थियो । भोरमा ८ जना र १६ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै ताप्लेजुङमा १७ जना देखिएकोमा १३ जना निको भएका छन् र सोलुमा ८ जनामो कोरोना पुष्टि भएको मा ७ जना निको भए । प्रदेश १ बाहिरका १ सय ६२ जनामा कोरोना देदिएकोमा ५४ जना निको भएको सामाजिक विकास मन्त्रालयको तथ्याङकमा उल्लेख रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.