Websoft University

विराटनगर विमानस्थल विस्तारका लागि तीन तहका सरकारबीच सम्झौता


विराटनगर असोज १९ गते । रातो तारा डट कम, विराटनगर विमानस्थल विस्तारका लागि तीन तहका सरकारबीच सम्झौता भएको छ । सोमबार संघीय, प्रदेश र स्थानीय सरकारबीच सम्झौता भएको हो ।

नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्रदेश १ उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले तथा विराटनगर महानगरपाकिालका प्रमुख प्रसासकिय अधिकृत इन्द्रमणी पोखरेलले त्रिपक्षिय रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक विमानस्थलको रुपमा स्तरोन्नति गर्ने बाटो खुलेको छ ।

क्षेत्रीयस्तरको विमानस्थलको क्षमता अभिवृद्धि तथा स्तरोन्नतिका लागि पर्यटन मन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रदेश सरकार, महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सवै प्रदेशमा रहेका विमानस्थलहरुको स्तरउन्नती तथा पूर्वाधार विकाशको कामलाई सरकारले प्राथमिक्तामा राखेको वताए ।

विराटनगर विमानस्थलको विकास र विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निमार्णका लागी विराटनगरमा आज आयोजित सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा मन्त्री भट्टराईले नयाँ विमानस्थल वनाउने भन्दापनि भएका विमानस्थललाई व्यवस्थित गर्नेतर्फ सरकार लागेको वताए ।

मन्त्री भट्टराईले आन्तरिक उडानका लागी एउटा विमान स्थल वनाउँदा एक अर्व भन्दा वढि खर्च लाग्ने भएकाले नयाँ विमान स्थल वनाउँने भन्दा पनि प्रदेशमा रहेका सवै विमानस्थलको स्तरउन्नती गर्दै हवाई उडानको हवको रुपमा विकाश गरिने उनले वताए ।
मन्त्री भट्टराईले प्रदेश १ पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण रहेकाले पर्यटन क्षेत्रको विकाश विस्तारका लागी संघिय सरकारले प्रदेश र स्थानिय तहसंगको साझेदारीमा विभिन्न कार्यक्रम ल्याउन लागेको वताए । उनले पत्येक प्रदेशमा पर्यटकिय गाँउ तथा हिल स्टेसन वनाउने योजना सरकारले अघि सारेको र पर्यटनको माध्यमवाट तराई मधेशलाई जोडनु पर्ने उल्लेख गरे । मन्त्री भट्टराईले कोभिडले मुलुक अक्रान्त पारेको अवश्थामा पनि सरकारले उल्लेखनिय रुपमा विकाश निमार्णको कामहरु गरि रहेको वताए । पूर्वका विमास्थलहरुवाट वंगलादेश , सिक्किम, म्यानमार तथा श्रीलंकालागी विमान सेवा सञ्चालन गर्ने तयारीमा समेत सरकार रहेको मन्त्री भट्टराईले वताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा गर्न लागिएको विराटनगर विमान स्थलको विस्तारले १ नम्वर प्रदेशमा समवृद्धिको ढोका खुल्ने वताए । विमान स्थलको विस्तारका लागी सम्झौता पत्रमा हस्ताक्षर भएकाले अव मन्त्री परिषदवाट प्रस्ताव पारितगरि निमार्ण प्रक्रियालाई तत्काल अघि वढाउनुपर्नेमा उनले जोड दिए ।

प्रदेश १ उधोग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसैयतले विमान स्थलको विकाससंगै पर्यटकिय तथा सवै क्षेत्रको विकाशमा थप टेवा पुग्ने वताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तीनै तहका सरकारको सहकार्यमा र साझेदारीमा स्तरउन्नती गर्न लागिएको विमान स्थलको काममा जनस्तरको सहयोग आवश्यक रहेको वताए ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मंत्रालय, प्रदेश १ सरकार तथा विराटनगर महानगरपालिकाको लागत साझेदारी सो विमानस्थल विस्तार गर्न लागिएको हो । सो विमानस्थलको धावनमार्गलाई अव ३ हजार मिटर क्षेत्रफलमा विस्तार गर्ने तथा जग्गा अधिग्रहन गरि विमानस्थललाई थप विस्तार गरिने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.