Websoft University

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



मोरङ बिराटनगर असोज-१८ गते । रातो तारा डट कम, मोरङ  बुढिगंगा-१ स्थितमा बस्ने ४२ बर्षीय कमल प्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्युभएकोछ । हिजो राती सवाँ ९ बजे बुढिगंगा-१ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा उनि उम्भिर घाईते भएका थिए । 

घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहानको राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरिक्षक रहेकोखुल्नआएकोछ ।

उनि सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.