Websoft University

सुन्दरहरैंचा-६ मा बालीका बलत्कारको आरोपमा एक जना पक्राउ

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला मोरङको सुन्दरहरैंचामा एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्त पक्राउ परेको छ।

पीडित बालिका मोरङको सून्दरहरैंचा स्थित वडा नं ६  डिपु चोक बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १५ वर्षीय किसन ऋषि देवलाई प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेको छ।

सोमबार बिहान करिब १० बजेतिर आफ्नै घरको आँगनमा खेल्ने क्रममा छिमेकी किसन ऋषि देवले बिस्कुट दिएर लालाई फकाई गरी घर छेउको केरा बारीमा लगेर जबर्जस्ती गरेको पीडितको परिवारले जानकारी दिएका छन्।पक्राउ परेका व्यक्ति अगाडि पनि यस्ता घटनामा संलग्न रहेको पीडितको परिवारले बताएका छन्।

पक्राउ परेको अभियुक्त साथै पीडितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय बेलबारी पठाइएको प्रहरी चौकी गाछियाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.