Websoft University

ठगी गर्न खोज्ने ३ जना पक्राउ

 

सुनसरी असोज १६ गते । रातो तारा डट कम, जिल्ला सुनसरी  ईटहरी उमनपा वडा न. २ स्थित देवीथानको एरिया ईलाकामा स्थानीय मानिसहरुसँग छोराको किड्नी फेल भएको छ हामीलाई सहयोग गरी दिनुपर्‍यो हामीसँग सिफारिस समेत रहेको छ भनि विभिन्न वर वाहना गरी सिफारीस देखाई  आर्थिक सहयोग  माग्दै  स्थानीयहरुलाई हैरानी दिँदै छन् भन्ने गोप्य सुचनाको आधारमा मिति २०७७।०६।१५ गते दिनको अ.१६;०० वजेको समयमा यस कार्यालयवाट खटि गएको प्रहरी टोली उल्लेखित एरिया ईलाकामा खटि गई  हेर्दा अमन मगर, मदन खत्री र ललित गिरीलाई तत्काल शंकास्पद अवस्थामा झुठा बाहाना बनाई आर्थिक सहयोग मागी ठगी गर्न खोज्दै गरेको अवस्थामा फेला पारी निजहरुलाई नियन्त्रणमा लिई निज अमन मगर, मदन खत्री र ललित गिरीलाई पक्राउ गरी यस कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा  निजहरुले स्थानीय सर्वसाधारण मानिसलाई झुठा बहाना बनाई आर्थिक सहयोग मागी स्थानियहरुलाई हैरानी दिएको खुल्न आएको, निजहरुलाई  यस कार्यालयमा राखि थप अनुसन्धान कार्य भैरहेको । साथै उल्लेखित वाहान वनाई तपाईहरुको घर दैलोमा समेत आई तपाईहरुलाई ठगी गर्न सक्ने भएकोले सचेत रहन हुन र यस्ता किसिमका घटना हुन गएमा तत्काल नजिकको प्रहरीमा खवर गरीदिन हुन अनुरोध । 











                                                                                                      

                                                                                                 सुचना अधिकृत

प्र.नि रमेश कुमार वस्नेत (ई.प्र.का ईटहरी , सुनसरी)

९८५२८९०२५१ 

मितिः- २०७७।०६।१६ गते ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.