Websoft University

नेकपा सचिवालय बैठक आज ४ बजे बस्ने


काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम,सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बालुवाटारमा बस्दैछ । 

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भइरहँदा नेकपाले सचिवालय बैठक बोलाएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् । यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय एकलौटी गरिएको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् । 

सचिवालय बैठकको एजेन्डा भने तय भइनसकेको भएपनि पछिल्लो गतिबिधि तथा मन्त्रीमण्डल पुर्नगठन लगायतका बारेमा छलफल हुने बताईएको छ । सरकारले बिहिबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो । यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.