Websoft University

प्रहरीले लागुऔषध बरामद गर्यो


काठमाण्डौ असोज २० गते । रातो तारा डट कम धनुषाको जनकपुरधामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वाडा नम्वर १० स्थित वारबिघाको पूर्वपट्टी रहेको प्रदेशिक अस्पतालको पोष्टमाटम हुने कोठाको पछाडि दुईजना व्यक्ति व्याग लिएर बसेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जानकी प्रहरी चौक जनकपुरका प्रहरी नायव निरिक्षक बिनोद साहले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ का १८ वर्षीय शुभाष चौधरी र सोही ठाउँ बस्ने १६ वर्षीय हरिराम चौधरी रहेका छन् । दुवै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखि थप अनुसंन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.