Websoft University

यो पटकको दसैँ आफु बसेकै ठाउँबाट मनाउन सबैलाई सरकारको आग्रह


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम,सरकारले अहिले बसोबास भइरहेको स्थानबाट यसपालीको दसैँ मनाउन अपिल गरेको छ । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दसैँका लागि यात्रा नगर्न आग्रह गरेको हो । कोरोना भाइरस सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो यस्तो आग्रह गर्नुभएको हो । साथै जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोनाका सङ्क्रमित थपिने क्रम दैनिक रुपमा बढिरहेको
छ । हिजो काठमाडौँका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.