Websoft University

नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगे


काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हाल देशभर २२ हजार २ सय १९ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा रहेकाको संख्या ४ हजार २ सय ३ रहेको छ । आजमात्र काठमाडौँ उपत्यकामा थप १५ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३ सय ७३, ललितपुरका १ सय ८७, तथा भक्तपुरका ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.