Websoft University

मञ्जुश्री गिरीको ‘लाखबत्ती’ बजारमा


विराटनगर असोज १७ गते । रातो तारा डट कम, साहित्यकार मञ्जुश्री गिरीद्वारा लिखित ‘लाखबत्ती’ लघुकथासंग्रह शनिबार  विमोचन गरिएको छ । नारी स्रष्टा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, बलराम पोखरेल, कविराज न्यौपानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । 

तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय गिरीका यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् । विमोचित लघुकथासंग्रहका बारेमा समालोचक कविराज न्यौपानेले समीक्षा गर्दै संग्रहभित्रका अधिकांश कथाले वर्तमान नेपाली समाजको विकृति, विसंति, व्यथितिलाई चिरफार गरेको बताए । “संग्रहभित्रका कथा पढ्दै गर्दा अहिलेको समाजलाई छर्लंग देख्न सकिन्छ,” न्यौपानेले भने, “राजनीतिक विकृति, विसंगतिमात्रै होइन संग्रहले बेरोजगारी, अभाव र गरिबीलाई पनि सशक्त रुपमा उठान गरिएको छ ।”

साहित्यकार भरत गुरागाईं, मीनकुमार नवोदितलगायत संग्रहभित्रका लघुकथा प्रस्तुत गरेका थिए । मेयर पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागि परेको उल्लेख गरे । उनले महानगरले बजेटमार्फत नै भाषा र साहित्यको विकासमा ध्यान दिएको बताए । “महानगरले भौतिक विकासलाई मात्रै विकास मानेको छैन, मेयर पराजुलीले भने, “भाषा, साहित्य, कला, संस्कृति सबैको समुचित विकासले मात्रै विकसित महानगर बन्दछ ।” स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रोमा निरौला, कृतिकार मञ्जुश्री गिरी, साहित्यकार लक्ष्मी पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कवि शम्चुलाई मोहन–लता साहित्य पुरस्कार यसैबीच, स्रष्टा समाजले यस वर्षको मोहन–लता साहित्य पुरस्कार युवाकवि दीपक शम्चुलाई समर्पण गर्ने भएको छ । समाजको स्थापना दिवसको अवसरमा वितरण गरिने पुरस्कार पहिलोपटक कवि शम्चुलाई समर्पण गर्न लागिएको हो । अध्यक्ष मृदुलले पुरस्कारको घोषणा गर्दै राम्रो सिर्जना गर्ने नारी–पुरुष दुवै स्रष्टालाई समर्पण गरिने बताइन् । 

पुरस्कारको राशि ५ हजार ५ सय ५ रुपैयाँ रहेको छ । पुरस्कारको राशि वृद्धि गर्दै लगिने उनको भनाइ छ । घोषित पुरस्कार समाजको स्थापना दिवसको अवसर पारेर आगामी मंसिर २ गते प्रदान गरिनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.