Websoft University

भारत वाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अवैध सुर्ती बोक्ने ट्रक, मोटरसाइकल र मानिस पक्राउ परे


सुनसरी असोज १७ गते। रातो तारा डट कम, सुनसरी इटहरी उमनपा वडा न. ६ स्थित पश्चिमलाईनबाट ऐ वडा नं. ५ जनतावस्ति तर्फ गईरहेको  बा २ ख २७४१ न. को ट्रकको अगाडी पछाडी गर्दै दुईवटा मोटरसाईकल शंकास्पद रुपमा गुडिरहेको अबस्थामा यस कार्यालयबाट खटिएको गस्ति टोलिले फेला पारी उक्त ट्रक ऐ. वडा नं. ५ माझीटोल स्थित सार्वजनिक सडकमा पुग्दा रोकी चेक जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको सुर्ति जन्य पदार्थ ५० बोरा फेला पारी, स्कटिङ गर्ने को ५ प ४३९८ न. को मोटरसाईकल समेत बरामद गर्नुका साथै मोटरसाईकल चालक जि. सुनसरी भोक्राहा ९ वस्ने वर्ष २२ को पर्वत पौदार,  उक्त ट्रक चालक जि. दोलखा मेलुङ १ वस्ने वर्ष ३६ को ज्ञानु कार्की समेतलाई पक्राउ गरी निम्न परिमाणका तल उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि आजै सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको । 

निम्न सामानहरु,
सामानको विवरण परिमाण मुल्य कैफियत
सनको वोरामा प्याक रहेको खुल्ला खैनी ५० वोरा १२०० केजी प्रति केजी ३००,को दरले ३६०,००० तिन लाख साठी हजार 
को १४ प ७०२३ न। को रातो कालो होण्डा कम्पनीको साईन १ थान ३५०००।  पैतिस हजार मात्र ,
को ५ प ४३९८ न। को कालो होण्डा साईन १ थान ३५०००।  पैतिस हजार मात्र , 
वा २ ख २७४१ न, १ थान १०,००,०००।  दश लाख मात्र  
जम्मा १४, ३०, ०००।–चौध लाख तीस हजार। 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.