Websoft University

टेम्पोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


मोरङ,असोज-१९ गते । रातो तारा डट कम,  मोरङ सुनवर्सी-२ स्थितमा बस्ने २० बर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । हिजो साझँ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडकखण्डमा विपरित दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाईकल चालक खत्वे गम्भिर घाईते भएका थिए । घाईते खत्बेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टेम्पो र टेम्पो चालक सुनवर्सी-९ डायनियाका ३८ बर्षीय मोहमद महफिललाइ नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.