Websoft University

भ्रामक समाचार प्रति सुन्दरहरैंचाका युवा अभियन्ताको आपत्ती



शिव भट्टराई,मोरङ असोज १८ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचास्थित गछिया खोलामा श्रम गरेर जीवीको चलाइरहेका मजदुर र युवा अभियन्ताहरुले भ्रामक समाचारको खण्डन गरेका छन् ।

सुन्दरहरैंचा नगरपालिकाले समयमा खोलाको ठेक्का नलगाउँदा गछिया खोलामा श्रम गरेर जीवीको चलाइरहेका मजदुरलाई साँझ विहानको छाक टार्न नै समस्या भएपछि मजदुरहरु र युवा अभियन्ताहरुले नगरपालिकामा पुगेर प्रदर्शन गर्दै घेराउ गरेको विषयमा बेलबारीबाट सञ्चालित निरन्तर खबर डटकम नामक अनलाइनले भ्रामक समाचार प्रकाशन गरेको विषयमा मजदुर र युवा अभियन्ताहरुले खण्डन गरेका हुन् ।

सो अनलाईनमा प्रकाशीत समाचारमा युवा अभियन्ताहरुले मजदुरहरुलाई उक्साएर प्रलोभन देखाएर मेयरको विरुद्धमा नगरपालिकामा घेराउ गर्न लगाएको उल्लेख गरिएको छ । यस्तै युवा अभियन्ताहरु नै खोलाको दोहनमा संलग्न भएको गंभरि आरोप समेत लगाइएको छ । 

सुन्दरहरैंचा–४ स्थित गछिया खोला किनारमा भएको पत्रकार सम्मेलनमा बोल्दै मजदुरहरुले आफुहरु कसैको उक्साहट र प्रलोभनमा परेर नगरपालिका घेराउ गर्न नगएको भन्दै नगरपालिकाले खोला नखुलाउँदा २ छाक टार्न नै समस्या भएकाले बाध्य भएर जानु परेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले यसरी भ्रामक प्रचार गर्ने सञ्चारमाध्यमले तत्काल गल्ती सच्याउनु पर्ने भन्दै गल्ती नसच्याए कानुनी प्रकृयामा अघि बढ्ने चेतावनी समेत दिएका छन् । 

मजदुरहरु सीता चौधरी, आशा चौधरी, नवीन भण्डारी लगायतले आफुहरु स्वतस्फूर्त रुपमा नगरपालिका घेराउ गर्न गएको बताउनुका साथै युवा अभियन्ताहरु खोला उत्खनन्मा संलग्न भएको भनि कुप्रचार गरिएकोमा अपत्ति जनाएका छन् । यस्तै पत्रकार सम्मेलनमा बोल्दै युवा अभियन्ता जयप्रकाश रायमाझी र सागरप्रसाद जम्मर कट्टेलले मजदुरहरुले आफुहरुसामु खोला नखुल्दा समस्या भएको भनेर गुनासो गरेपछि उनीहरुलाई साथ दिएको बताएका छन् ।

उनीहरुले मजदुरहरुलाई आफुहरुले प्रलोभनमा पारेको तथा आफुहरु अवैधरुपमा खोल उत्खनन्मा संलग्न भएको प्रमाण पेश गर्न भ्रामक समाचार संप्रेशण गर्ने निरन्तर खबर डटकमलाई चेतावनी समेत दिएका छन् । 

उनीहरुले यदी यस्तो कुनै पनि प्रमाण फेला पारेमा आफुहरु जस्तो सुकै कारवाही भोग्न तयार रहेको समेत प्रष्ट पारेका छन् । सो अनलाईनले नगर प्रमुख शिवप्रसाद ढकालको प्रलोभनमा परेर नियोजितरुपमा समाचार सम्प्रेसण गरेको हुनसक्ने अभियन्ता कट्टेलको दाबी छ । नगरपालिका घेराउको क्रममा समेत मेयर ढकालले मजदुरहरु कसैको उक्साहटमा घेराउ गर्न आएको अभिव्यक्ति दिएको र सो अनलाइनले समेत सोही प्रकारको समाचार प्रकाशन गरेको भन्दै उनले मेयर ढकालको निर्देशनमा नियोजित रुपमा नै गलत आरोप लगाएको उनको भनाइ छ । 

साथै पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ सुन्दरहरैंचाले समेत विज्ञप्ती जारी गरि सो समचारमा आफुहरुलाई समेत आक्षेप लगाइएको भन्दै भत्र्सना गरेको छ । सत्य र निश्पक्ष समाचार सम्प्रेशण गर्नुपर्नेमा पत्रकारिताको धर्म विर्सिएर सो अनलाइनले भ्रामक समाचार बनाएर पत्रकारीता क्षेत्रको धज्जी उडाउने काम गरेको नगर सहसंयोजक मिलन लुइँटेलले बताए । 
सुन्दरहरैंचा नगरपालिकाले समयमा खोलाको ठेक्का नलगाउँदा गछिया खोलामा श्रम गरेर जीवीको चलाइरहेका मजदुरलाई साँझ विहानको छाक टार्न नै समस्या भएपछि मजदुरहरु र युवा अभियन्ताहरुले शुक्रबार नगरपालिकामा पुगेर प्रदर्शन गर्दै घेराउ गरेका थिए । सो प्रदर्शनमा नगर प्रमुख ढकालले मजदुरहरुमाथि प्रहरी परिचालन गरेर बल प्रयोग गर्ने प्रयास गरेका थिए । 

नगरपालिकाको परिसरमा प्रदर्शन गरिरहेका मजदुरहरुलाई प्रहरीले बाहिर धपाउने प्रयास गरेपनि नमाने पछि मेयर ढकाल करिव २ घण्टापछि पुगेका थिए । उनले तत्कालका लागि आइतबारबाट मजदुरहरुले बालुवा र गीटि झिक्न पाउने बताएपछि मजदुहरु घर फर्किएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.