Websoft University

सामाजिक विकास मन्त्री घिमिरेद्धारा बैजनाथपुर क्रिकेट रंगशालाको अनुगमन

 


विराटनगर। रातो तारा डट कम,प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर १९ मा निर्माण भईरहेको बैजनाथपुर अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नु भएको छ । उहाँले रंगशालाको हालको अवस्थाबारे क्रिकेटका पदाधिकारीसँग जानकारी पनि लिनु भएको छ । 

रंगशालामा अहिले मल्टी पेभेलियन, अन्डर ग्राउण्ड पानी सप्लाई, ग्राउण्ड लेभलिङको तयारी भईरहेको छ । प्रदेश सरकारले रंगशालाका लागि चालु आर्थिक बर्षमा २ करोड बजेट विनियोजन गरेको छ । सो बजेट अनुसारका काम शुरु गर्ने तयारी भईरहेको प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले जानकारी दिनुभयो । उहाँले भोलिदेखि इन्जिनियरिङ स्टिमेटको काम शुरु हुने बताउनुभयो । 

रंगशालाको अनुगमन गर्दै सामाकिज विकास मन्त्री घिमिरेले खेलमैदानमा काम शुरु भएको मितिले ३ महिना भित्रमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

रंगशालाको अनुगमनमा क्षेत्रीय खेलकुद विकास समिति, मोरङ खेलकुद विकास समिति, प्रदेश क्रिकेट संघ, मोरङ क्रिकेट संघका पदाधिकारीहरुपनि उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.