Websoft University

चीनको सिमाना लोलुङ क्षेत्रमा २०१९ सालमा निर्माण गरिएको १२ नम्बर पिल्लर चीनले नयाँ बनाएको खुलासा


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम,केहि समय अघि चीनले निर्माण गरेका ११ वटा भवनको क्षेत्र नेपाली भूमिको विवाद भएको हुम्लामा फेरि अर्को विवाद शुरु भएको कुरा रेडियो कर्णालीले आफनो समचारमा भनेकोछ । नेपाल काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले लाप्चाको स्थलगतका क्रममा १२ नम्बर पिल्लर नयाँ निर्माण गरिएको भनेपछि सीमा विवाद फेरि बल्झिने देखिएको हो । जिल्लाबाट निर्वाचित प्रतिनीधिसभा सदस्य छक्कबहादुर लामाले भ्रमण गरेर फर्किएलगत्तै जानुभएका शाहीले हिजो नेपाल र चीनको सिमाना लोलुङ क्षेत्रमा २०१९ सालमा निर्माण गरिएको १२ नम्बर पिल्लर नयाँ बनाएको खुलासा गर्नुभएको हो । उक्त क्षेत्रको भ्रमण गरेर फर्किनुभएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले भने पुरै पिल्लर नयाँ बनाएको नभइ चीनतर्फको भागमा नयाँ प्लास्टर गरेको जस्तो देखिएको बताउनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.