Websoft University

गोरखा डिपार्टमेन्ट स्टोरले प्रदान गर्दै आएको लक्की ड्र को नतिजा शुक्रबार सार्वजनिक


इटहरी असोज १६ गते । रातो तारा डट कम, गोरखा डिपार्टमेन्ट स्टोरले प्रदान गर्दै आएको लक्की ड्र को नतिजा शुक्रबार सार्वजनिक भएको छ । इटहरी स्थित तिरुपति अटोसिटी यामाहा शोरुमको प्राङ्गणमा आयोजना गरिएको  लक्की ड्र को कार्यक्रममा प्रथम पुरस्कार इटहरीकै शिक्षा ढकाल (आचार्य) ले हासिल गरेकी छन् । 

उनलाई यामाहाको आर जेड (च्श्) स्कूटर प्रदान गरिने गोरखा डिपार्टमेन्ट स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्यले बताए । त्यसैगरी, मोरङ पथरीकी चन्द रोपालले दोस्रो पुरस्कार जितेकी छन् भने तेस्रो पुरस्कार धरानका देवप्रसाद लिम्बूले जितेका छन् । 

सान्त्वना पुरस्कार भने इटहरीका योगेन्द्र दाहाल, संखुवासभाकी लंका राई, इटहरीकै राधा सुब्बाले जितेका छन् । पुरस्कार लिन आउदा कुपनको अर्धकट्टी लिएर आउनु पर्नेछ । सो कार्यक्रममा आचार्यले भने–‘लक्की ड्र को नतिजा सार्वजनिक गत बैशाखमै गर्नुपर्ने थियो,तर कोरोनाको असरकाकारणले आज गर्नु परेको हो ।’ यो उपहार गोरखा डिपार्टमेन्ट स्टोरबाट रु. २ हजार सामान खरिद गर्नेहरुले लक्की ड्र मार्फत पाउने गर्दछन् । 

सोही कार्यक्रममा यामाहाको रे जेड आर स्कूटी पनि लन्च गरिएको छ । यो स्कूटीका विशेषताबारे तिरुपति अटोसिटीका संचालक संयोग पराजुलीले बताएका थिए । उक्त स्कूटी नेपालमा यही असोज ७ गते लन्च गरिएको थियो । लक्की ड्र विजेताहरुलाई उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बधाई तथा शुभकामना दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.