Websoft University

सीमाबाट दुई किशोरीको उद्धार

 

सुनसरी, असोज-१५ गते । रातो तारा डट कम सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ । भण्टाबारी स्थित सिमामा खटिएको प्रहरी टोलीले हिजो विहान साढे १० बजे किशोरीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै दुई किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी कृष्णसवरन गाँउपालिका-४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान-१९ कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन । पक्राउ परेका उनिहरुले नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लगेको किशोरीहरुले बताएका छन । पुजारीसँग पुजामा वस्नु पर्नेपुजामा वसे वापत पारिश्रमिक पाउनेआफ्नो केही विमार भएमा ठिक हुने तथा पुजा समाप्त हुना साथ केहि रकम समेत दिलाइ घर फर्काई दिने भनि पक्राउ परेकाहरुले प्रलोभन देखाएर भारत तर्फ लगेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर मानव बेचविखन तथा ओसार-पसार (नियन्त्रण) ऐन २०६४ अनुसार कार्बाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.