Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ


झापा,असोज-१९ गते । रातो तारा डट कम,झापाको दमक-९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन । उनलाई आज विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा  खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसरी लागुऔषध सहित पक्राउ परेकी रुपा उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.