Websoft University

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


मोरङ,असोज-१६ गते । रातो तारा डट कम,मोरङ उर्लावारी-९ बस्ने २९ बर्षीय देउ कुमार लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान साढे ६ बजे उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको  मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए ।  घाईते लिम्बुको विएण्ड-सी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिन ट्रक र चालक मोरङ रतुवामाई -१० का  २६ बर्षीय  रेवत प्रसाद सुबेदी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.