Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित तिन भारतिय नागरिक पक्राउ


झापा,असोज-१६ गते । रातो तारा डट कम,झापा कचनकवल-१ बगान एरिया र गौरीगंज गाँउपालिका-२ दासचौरीबाट तिन भारतिय नागरिक लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । हिजो दिउसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा उनले लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन । उनिहरुलाइ दासचौरी स्थितमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना भारतिय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.