Websoft University

बेलका नगरपालिकाका मेयर दुर्गा थापा सहित ६ जना कर्मचारीमा कोरोना पोजेटिभ देखियो


श्याम राई- गाइघाट, १७ असोज । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्ती) सहित ६ जना कर्मचारीमा  कोरोना पोजेटिभ देखीएको छ। धरान स्थित विपी कोइराला स्वास्थ्थ विज्ञान प्रतिष्ठानमा गरीएको परिक्षण बाट उनीहरुमा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्थ कार्यलय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए। 

गत मंगलबार मेयर थापाका ८२ बर्षिय बुबामा कोरोना पुष्टी भए सगै उनी होम आइसुलेसनमा  बस्दै आएका थिए। उनीहरु ६ जना नै कन्ट्रयाक टे«सिङगमा थिए। सोही वडामा यस अघि ६५ बर्षिय वडा अध्यक्षमा कोरोना देखिएको थियो। उदयपुरमा यो संगै कोरोना संक्रमितको सख्या १ सय २४ जना पुगेका छन। संक्रमित मध्ये त्रियुगामा ७० जना ,बेलकामा ४० जना, कटारीमा ७ जना र चौदण्डी नगरपालीकामा २ जना रहेका छन।

त्यसैगरी उदयपुरगढीमा ३ जना ताप्ली गाउपालीकाका ३ जना रहेको प्रमुख सुबेदीले बताए। जिल्लामा अहिले सम्म १ हजार ९ सय ३२ जना महिला  सहित ७ हजार ७ सय २२ जनाले पिसिआर परिक्षण गरीएकोमा ७ हजार ६ सय ८९ नजाको रिपोर्ट आइसकेको उनले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.