Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या ८२ हजार ४ सय ५० पुगे–कोरोनाले चाडबाँडकै मुखमा झन जटिल समस्या बडाउदै,



काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम, पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ८२, ४ सय ५० पुगेको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना कोरोना सङ्क्रमित देखिएका हुन् । 

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.