बिराटनगर कार्तिक २ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं। १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अबैध रुपमा लुकाई छिपाई राखेको मटरको दाल छ भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ई।प्र।का रानी बाट खटिएको प्रहरी टोलीले निज चुलिया देबीको घरमा खान तलासी गर्दा २५ के।जि को १८ बोरा ९४५ (केजी) दाल अन्दाजी ३१ हजार ५ सय बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेकोछ ।
Post a Comment