Websoft University

प्रदेश १ मा २५५ संक्रमित थपिए


विराटनगर, १७ असोज ।  रातो तारा डट कम,प्रदेश १ म आज २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १–१ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १–१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उता उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।

प्रदेश १ मा आज २८७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २६३, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९–९, गढी आईसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार २०९ जनाको पीसीआर परीषण गरिएको छ  ।

 परिक्षण गरिएका मध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.