Websoft University

सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगे– प्रधानमन्त्री सचिवालयका चार जनालाई कोरोन पुष्टि


काठमाण्डौ असोज १७ गते । रातो तारा डट कम, गत २४ घण्टामा नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।  योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।  यस्तै आज थप ८ सङ्क्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित मृतकको संख्या ५ सय २८ पुगेको छ । अहिले देशभर २१ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस कोभिड १९को सङ्क्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि सङक्रमण देखिएको छ । 

उनीहरुको हिजो स्वाब गरिएको थियो ।  यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उहाँको पनि परीक्षण हुने बताइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.