Websoft University

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना



नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र "गोवर गणेश " को प्रमोसनल गीत "अमिलो मोई .." सार्वजनिक भएको ।


 निर्कदेशक ल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको  कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोवर गणेश “को गीतमा अहिलेको चर्चित नायिका एलिना रायमाझी  लाई  फिचर्ड गरिएको छ । एलिना चौहान र नीशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ।

 जय किसान बस्नेत,  सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का , शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय  रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ  । भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई  मोहन कुमार झिल्लुले खिचेका हुन ।

 हरि कुमार कटुवाल निर्माता रहेको यस सिनेमा लाई चलचित्र घर खुल्ले लगतै प्रदर्शन गरिने बताईएको छ  ।यस चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्स लाई दिइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.