Websoft University

भारतीय नोटसहित विराटनगरबाट एक जना लाई प्रहरीले पक्राउ गर्यो



विराटनगर असोज १६ गते । रातो तारा डट कम,  विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकबाट अवैध एक लाख ३२ हजार पाँच सय रुपैयाँसहित धनुषाका ४३ वर्षीय सन्तोष महतोलाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको हो ।

दुई दिन अगाडि चोरबाटो हुँदै लुकीछुपी भारत गएका उनी नेपाल प्रवेश गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित नोटसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट रानी विराटनगरले उनलाई पक्राउ गरेको हो ।
सुनसरीको इटहरी–६ आइतबारेमा डेरा बस्दै आएका उनी दरैया नाका हुँदै नेपाल छिरेकोखुलेकोछ । चेकजाँच गर्ने क्रममा महतोले बोकेको झोलामा प्रतिबन्धित भारतीय नोट फेला परेको पौडेलले बताए ।
झोला भित्र लुकाएर नेपाल ल्याएको भारतीय रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने प्रहरीको आशंका छ । भारतीय पाँच सय रुपैयाँको नोट नेपालमा सरकारले प्रतिबन्धित लगाएको छ । बरामद भएको भारुतीय रूपैयाँको महतोले स्रोत पनि खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको भारु ५ सयको २ सय ६५ थान रहेको छ । बरामद भएको रकम नेपाली २ लाख १२ हजार रुपैयाँ हुन्छ । पक्राउ परेका महतोले भने भारतमा बहिनीलाई सापटी दिएको पैसा फिर्ता ल्याएको बताएका छन् ।
बरामद भारतीय रुपैयाँ र पक्राउ परेका महतोलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी विराटनगरले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.