फाएल फोटो--सुनसरी, मंसिर ४ गते । रातो तारा डट कम,सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका-६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका-१० बाट १ जनालाई पक्राउ गरेको हो । ईनरुवा नगरपालिका-६ बाट DIALEX-DC 100 ml को १४ बोतल, SPASMO-PROXYVON ८ क्याप्सुल, NITRAVET-10 लेखिएको १५ ट्याब्लेट, बिभिन्न कंपनीको मोबायल थान- ५ र प्रदेश १०-०२०४१ प ९२७ नम्बरको मोटरसाईकल थान १ सहित स्थानीय नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगर पक्राउ परेका हुन् । यसैगरी ईनरुवा नगरपालिका-१० बाट हरिनगर गाउपालिका-४ का २७ बर्षीय नौसाद अन्सारीलाई DIALEX-DC 100 ml को ३९ बोतल, SPASMO-PROXYVON ७२ क्याप्सुल, NITRAVET-10 लेखिएको ७७ ट्याब्लेट र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Post a Comment